दफा ३३
उपसमिति वा कार्यदल गठन गर्न सक्ने
(१) बोर्डले आफ्नो कार्यमा सहयोग पुच्याउन आवश्यकता अनुसार उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको उपसमिति वा कार्यदलको काम, कर्तव्य, अधिकार र कार्यावधि त्यस्तो उपसमिति वा कार्यदल गठन गर्दाका बखत बोर्डले तोके बमोजिम हुनेछ ।